चौंसठ्ठी हजारलाई पर्ने रावा इनर्जीको आईपीओ विहीबारदेखि निष्काशन खुला

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गते विहीबारदेखि २२ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।

कम्पनीले ६ लाख ९६ हजार ३ सय ३० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 

Advertisement

कूल निष्काशन मध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र  ३७ हजार ६ सय १६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ६ लाख ४३ हजार ६ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।  

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ६४ हजार ३ सय ५९ जनाले १०–१० कित्ता र ७ जनाले ११–११ कित्तका दरले पाउने छन् । 

कम्पनीले यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु र आयोजना प्रभावितहरुका लागि आईपीओ बाँडफाँट गरिसकेको छ । 

Advertisement