मे महिनामा ७७ हजार ७०३ पर्यटक नेपाल भित्रिए, सबैभन्दा बढी भारतीय

Advertisement

काठमाडौं । मे महिनामा मात्र ७७ हजार ७०३ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । त्यस्तै, सोही महिनामा ८७ हजार ५८५ जना पर्यटक बाहिरिएका छन् । 

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यही आउने पर्यटकहरुमा सबैभन्दा बढी भारतीय छन् । नेपाल घुम्न आएका ३३ देशका पर्यटकमध्ये भारतबाट मात्रै ३६ हजार ५७५ जना छन् भने अमेरिकाबाट आठ हजार ५४५, बेलायतबाट दुई हजार ९२७, चीनबाट चार हजार ६६७, अष्ट्रेलियाबाट दुई हजार १८४, जर्मनीबाट एक हजार १६५, फ्रान्सबाट एक हजार ९७, दक्षिण कोरियाबाट एक हजार ३९ जना भित्रिएका छन् । 

Advertisement

सन् २०२२ को मे महिनामा ५३ हजार ६०८ जना, सन् २०२१ को मे महिनामा एक हजार ५३१ जना पर्यटकहरु भित्रिएका थिए । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले आगामी दिनमा पर्यटक अझै बढ्ने विश्वास व्यक्त गरे । 

सरकारले २०२३ मा १० लाख पर्यटक भित्राउने घोषणा गरेको थियो । सरकारको यो लक्ष्य पूरा हुने उनको आशा छ । लामिछानेले चिनियाँ पर्यटकको आगमन बढेको बताउँदै मलेसियाबाट पनि पर्यटक भित्राउन ‘सेल्स मिशन’ कार्यक्रम गर्दै आएको बताए । 

Advertisement

Advertisement