डिशहोम बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी

Advertisement

काठमाडौं । नेपालमा डीटीएच (डाइरेक्ट टू होम) प्रविधिको टेलिभिजन सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ ।

अमेरिको क्वालिटि स्टाण्र्डर्डस् रजिष्ट्रेचले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मूल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी आफूहरुलाई आईएसओ ९००१ः२०१५ प्रदान गरेको डिश मिडिया नेटवर्कले जनाएको छ । 

Advertisement

स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा सेवा प्रदान गरिरहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि सञ्चालनमा ल्याएको छ । 

नेपालको पेटिभि इन्डस्ट्रीमा परिवर्तन ल्याउन सफल डिशहोमले आफ्नो ग्राहकहरु उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र चौबिसै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको छ । 

उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दा नै आफूहरुले आईएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको कम्पनीको भनाई छ । अबको दिनमा कम्पनीले अझै समय अनुसारको प्रविधि प्रयोग गरि आफूहरुले प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । 

Advertisement

Advertisement