हिमालयन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटललाई शेयर रजिष्टार नियुक्त गरेको छ । 

सो नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको हो । सम्झौतामा हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । 

Advertisement

युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर हिमालयन लाईफ कायम भई गत वैशाख २६ गतेबाट संयुक्त कारोबार शुरु भएको हो ।
 

Advertisement

Advertisement