ल्युब आयल उत्पादनका लागि गोल्छा ग्रुप र इण्डियन आयलबीच सम्झौता

Advertisement

काठमाडौं । ल्युब आयल उत्पादनका लागि गोल्छा ग्रुप र इण्डियन आयल कर्पोरेसनबीच सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल उद्योग बाणिज्य महासंघबीचको विजनेश समिटमा यो सम्झौता भएको हो । 

सम्झौताअनुसार फोहोर प्रशोधनमार्फत इन्जिन आयल, औद्योगिक आयल र बिटुमिन उत्पादन गरिने छ । साथै, काठमाडौं उपत्यकाको फोहोरबाट बिजुली उत्पादन र कम्पोस्ट मल उत्पादनको सम्भाव्यता अध्ययनको सम्झौता भएको पनि गोल्छा ग्रुपका प्रमुख शेखर गोल्छाले बताएका छन् । 

Advertisement

Advertisement

Advertisement