कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ आजदेखि, कसले दिन पाउँछन् आवेदन ?

Advertisement

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आज जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन खुला गरेको छ ।  

कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपियाँ बराबरको १ लाख २१ हजार ८ सय ६८ कित्ता आईपीओ स्थानीय बासिन्दाहरुका लागि बिक्री गर्न लागिको हो । 

Advertisement

उक्त आईपीओमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, १२ लाख १८ हजार ६ सय रुपियाँ बराबरको १२ हजार १ सय ८६ कित्ता आईपीओका लागि श्रमिकहरुले आवेदन दिन सक्ने छन् ।  

आईपीओका लागि स्थानीय बासिन्दाहरुले चाँडोमा असार १ गते र ढिलोमा असार १७ गतेसम्म आवेदन दिन सक्ने छन् भने श्रमिकहरुले असार १ गतेभित्र आवेदन दिनु पर्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।  

कम्पनीको जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपियाँ छ । 

Advertisement

Advertisement