पूर्ण कर परीक्षणका लागि खातापाता दिन नमान्ने वीरगञ्जका ११ व्यापारीलाई १५ दिने अल्टिमेटम

Advertisement

काठमाडौं। आन्तरिक राजस्व कार्यालय वीरगञ्ज अन्तर्गत ११ करदाताले पूर्ण कर परीक्षणलाई अस्वीकार गरेका छन् । आन्तरिक राजश्व विभागका अनुसार ११ व्यापारीहरुले कार्यालयले मागेको विवरण दिन अस्वीकार गरेका हुन् ।

कर कार्यालयबाट सम्पर्क गर्दा उनीहरुले विवरण दिन नमानेका विभागको भनाई छ । विवरण दिन नमानेपछि कर कार्यालयले सूचना जारी गरी १५ दिनभित्र विवरण पेश गर्न भनेको छ ।

Advertisement

विवरण दिन अस्वीकार गर्ने व्यापारीहरुमा चौधरी ट्रेड लिंकका उमेशकुमार चौधरी कलवार, सूर्य हार्डवयरका सन्तोषकुमार गुप्ता, राधे ट्रेडर्सका राजकुमार यादव छन् । यस्तै इष्टवेष्ट नेपालका केदार खड्का, अंजली ट्रेड एण्ड सप्लायर्सका अनिलकुमार शाह, एसपी कन्सर्नका प्रभुशंकर रौनियार, जेजे एक्जिम प्रालीका जयप्रकाश गुप्ता रहेका छन् ।

यसैगरी माँ दुर्गे ज्वेलर्सका प्रदीप सर्राफ, जय जगदम्बा सप्लायर्सका रामबाबुप्रसाद गुप्ता, आरके इम्पोरियमका पुनमकुमारी अग्रवाल, मनोज खाद्य उद्योगका मनोज साह कलवार रहेका छन् । 

कर कार्यालयले सूचना जारी भएको १५ दिनभित्र कर कार्यालयमा सम्पर्क नगरे कानुनअनुसार कर निर्धारण गर्ने चेतावनी दिएको छ । 

Advertisement

Advertisement