सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला  १ लाख १२ हजार ७ सय ५० रुपियाँमा किनबेच भइरहेको छ ।

Advertisement

सुन महङ्गीयसँगै आजको मूल्य हालसम्मकै उच्च रहँदै नयाँ रेकर्ड कायम भएको हो ।  

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपियाँमका कारोबार भइरहेको महासंघले जनाएको छ । 

आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले वृद्धि गरेसँग मूल्य ह्वात्तै बढेको हो ।  

Advertisement

Advertisement