कृषि विकास बैंकले माग्यो १ सय ७९ जना कर्मचारी, १२ कक्षा उत्तीर्णले पनि आवेदन दिन पाउने

Advertisement

काठमाडौं । कृषि विकास बैंकमा १ सय ७९ जनाको लागि जागिर खुलेको छ । बैंकले आज सूचना प्रकाशित गरी  विभिन्न  १२ पदका लागि कर्मचारी माग गरेको हो । 

बैंकद्वारा प्रकाशित सूचना अनुसार बरिष्ठ शाखा प्रमुख पदमा १ जना, शाखा  प्रमुख  ४ जना, बरिष्ठ लेखा अधिकृत (सिए) ६ जना, बरिष्ठ  इन्जिनियर (आईटी) १ जना, व्यवसाय अधिकृत ३८ जना, व्यवस्थापन सुचना  प्रणाली (एमआईएस) अधिकृत ३ जना, कानुन अधिकृत २ जना, इन्जिनियर (आईटी) मा १ जना, कर्जा अधिकृत ९ जना, व्यवसाय सहायक ३६ जना, ऋण सहायक ६ जना  र लेखपाल  ७२ जना माग गरिएको छ । 

Advertisement

बैंकले  खुलातर्फ  ९२ जना, महिला संख्या २८, आधदवासी जनजाती २७ जना, मधेसी १७ जना, दलित ९ जना, अपाङ्ग २ जना  र पिछडियको क्षेत्रतर्फ ४ कर्मचारी माग गरेको हो । 

विभिन्न पदमा १२ कक्षादेखि  स्नातकोत्तर तह उतीर्ण भएका, कम्युटरमा आधारभूत तालिम लिएका इच्छुछ व्यक्तिहरुले आवेदन दिन सक्ने छन् ।  

योग्यता पुगेका व्यक्तिहरुले जेठ १९ गतेदेखि असार ७ गते दिन  भित्र  आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर असार १४  गतेसम्म आवेदन दिन पाइने छ । बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ । 

 

Advertisement

Advertisement