विशेष विमानबाट घुम्न मध्यप्रदेश पुगे प्रधानमन्त्री दाहाल, विशेष आर्थिक क्षेत्र अवलोकन गर्ने

Advertisement

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल घुम्न विशेष विमानबाट मध्यप्रदेशको इन्दोर पुगेका छन् । इन्दोरमा दाहालसहितको टोलीलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका थिए ।

आजै राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका दाहालको स्वागतमा इन्दोरमा साँस्कृतिक टोलीले परम्परागत नृत्य प्रस्तुत प्रस्तुत गर्नुका साथै सडक किनारमा दाहालका तस्वीर पनि राखिएका थिए । 

Advertisement

इन्दोरमा रहेको भारतकै ठूलो फोहोर व्यवस्थापन परियोजनाको अवलोकन गरो उनले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेताहरुसँग राजनीतिक भेटभाट गर्ने कार्यक्रम समेत छ । आजै दाहालको स्वागतमा मुख्यमन्त्री चौहानले रात्रिभोज आयोजना गर्ने कार्यक्रम पनि छ । शनिबार उनले इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको पनि अवलोकन गरेर दिल्ली हुँदै काठमाडौं फर्किने कार्यक्रम छ । 

दाहाल १२० जना जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली गएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बिहीबारको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सहमतिमा हस्ताक्षर भएको थियो । 

Advertisement

Advertisement