भारतीय दूताबास अगाडि राप्रपाका युवा–विद्यार्थीको विरोध प्रर्दशन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०मा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ । 

भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै विरोध प्रर्दशन गरिएको हो । नेपाली भूमि समेटिएको नक्शा भारतको संसद भवनमा राखेपछि त्यसको विरोधमा उत्र्नु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिए । 

Advertisement

उनले भारतले आफ्नो नक्शाबाट नेपाली भूमि नहटाएसम्म आफूहरुको आन्दोलन नरोकिने बताए । विरोध प्रर्दशनमा उत्रिएकाहरुले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । 

विरोध प्रर्दशनीमा ‘भारतीय विस्तारवाद–मर्दावाद’,  ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरिएको थियो ।  

Advertisement

Advertisement