इलामे खुवाको लालिपपको मिठो स्वाद देशभर पुर्याउने योजनामा उद्योगी दीपा गुरुङ

Advertisement

काठमाडौं । इलामकी दीपा गुरुङले विगत एक दशक देखि ग्रिन सिटी ललिपप उद्योग सञ्चालन गर्दै आएकी छन् । पाँच लाख रुपियाँ लगानीबाट सुरु भएको उनको उद्योगले बार्षिक ५० लाखको कारोबार गर्ने गरेको छ भने अहिले ४५ जनालाई रोजगारी दिएको छ । 

गुरुङको उद्योगबाट गाईको दुधको खुवाको ललिपप उत्पादन हुन्छ । उत्पादित ललिपप इलामको स्थानीय  बजारदेखि,  झापा, पाँचथर, मोरङ, काठमाडौंसम्म बिक्री हुने गरेको छ । इलाम घुम्न आउने स्वदेशी विदेशी पर्यटकले ग्रिन सिटी ललिपप कोसेलीको रुपमा किनेर लिने गरेका छन् ।

Advertisement

गुरुङ भन्छिन्, ‘हाम्रो उत्पादन देशभरी नै पुर्याउने चाहना छ 

लालिपप उद्योग सञ्चालन गर्नुअघि कुखुरा पालन  व्यवसाय गर्थिन् गुरुङ । कुखुरा पालनबाट सन्तोषजनक व्यापार नभएपछि उनी दुई वर्षसम्म एउटा  उद्योगमा  ज्यालादारीमा काम गरिन् । त्यही समयमा आफूले उद्योग खोल्ने योजना बनाएको गुरुङले बताइन् । यसमा भने उनलाई अहिलेसम्म सफलता नै हात लागेको छ । सफल महिला उद्यमीको रुपमा परिचित हुन पाउँदा उनी खुशी पनि छिन् । 

उद्योग सञ्चालन गर्दैगर्दा कहिले कच्चा पदार्थको अभाव, कहिले ल्याएका सामान बिग्रिने सड्ने र घाटा व्यहोनुपर्ने, कहिले जनशक्ति अभाव हुने, कहिले बजारमा धेरै उत्पादनहरु आउने समस्या सुनाउँदै गुरुङले सोचेअनुरुप व्यापार गर्न विभिन्न कठिनाई भोग्ने गरेको बताइन् । उनले बजारमा खुवाको ललिपपको प्रचारप्रसार र आमउपभोक्तामाझ् यसको स्वाद पुर्याउन धेरै संघर्ष गर्नुपरेको अनुभव पनि सुनाइन् ।  

उद्यमी गुरुङले इलाम बजारमा खुवाको लालिपप व्यवसाय सुरु गर्दा तीन वटा मात्र यस्ता यद्योग थिए । अहिले दश वटाभन्दा बढी भइसकेका छन् । कोरोना महामारीभन्दा अघि उनको उद्योगमा दैनिक एक हजार सात सय लिटर दुधको खुवाबाट लालिपप उत्पादन हुने पनि नौ सय लिटर दुधको मात्रै खुवा उत्पादन हुने गरेको छ । खुवाको ललिपप उत्पादन  मितिदेखि ६० दिनसम्म खान योग्य हुने गुरुङले जानकारी दिइन् । 

Advertisement

Advertisement