तालिम लिँदै उद्यमी बन्दै महिला, स्थानीय तह र घरेलु महासंघको साथ

Advertisement

काठमाडौं । कपिलवस्तु नगरपलिका र साना तथा घरेलु उद्योग महासंघको सहयोगमा तालिम लिएर महिलाहरुले उद्यमशीलताको बाटो समाएका छन् । 

गत महिनादेखि  नगारपालिकाले दिँदै आएको तालिममा सहभागी महिलाहरु उद्यमी बन्न थालेका हुन् । कपिलवस्तु घरेलु तथा साना उद्योगका महासचिव  रवीन्द्र  पौडेलले  महिलाहरुलाई स्वास्थ्य तथा सरसफाई सामग्री उत्पादन गर्न तालिम दिँदै आएको बताए । उनी होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष पनि हुन् । 

Advertisement

नगरपालिकाले महिलालाई दिएको तालिममा घरायसी सरसफाइका लागि दैनिक प्रयोगमा आउने सामग्री रहेको छ । तालिममा फिनेल, हर्पिक, कोलिन, ह्याण्ड वास, टायल क्लिनर जस्ता आठ प्रकारका  सामग्री उत्पादन गर्न सिकाएका थियो । पौडेलले यस्ता विभिन्न प्रकारको तालिम महासंघले दिँदै आएको  बताए । उनले आगामी दिनमा पनि  दक्ष प्रशिक्षकमार्फत तालिम  उपलब्ध  गराउने  बताए  ।

पौडेलले स्थानीयस्तरमा उत्पादन हुँदै आएका सामग्रीलाई सही स्थानमा  सदुपयोग  ल्याउन पहल गर्दै आएका छन् । उद्यमशीलताका लागि तालिमका नाममा तालिम मात्र नभएर  उद्यमीहरु उत्पादन गर्न गरेको भन्दै उनले स्थानीय बजेट सही ठाँउमा सदुपयोग हुनुपर्ने बताए । 

नगरपालिकाको अहिलेको तालिममा ३० जनाको महिला समूह सहभागी थियो । तीमध्ये तीन जनाको समूहले ‘सिर्जनशील लघु महिला उद्योग’ सञ्चालनमा ल्याउने भएका छन् । ती मध्येकी एक कमला खनालले भनिनन्, हाम्रो समूह पाँच लाख रुपियाँ लगानीमा सञ्चालन हुनेछ ।’  
महिला समूहले उत्पादन गरेका सरसफाइका सामग्री कपिलवस्तु बजार, होटल, विद्यालय, अस्पतामा बिक्री हुने पौडेलले बताए । उत्पादन भएका सामग्री बिक्री गर्न कुनै समस्या नहुने जिकिर गर्दै उनले यसको बजारीकरणको सम्पूर्ण जिम्मा नगरपालिका तथा साना तथा घरेलु उद्योग महासंघले लिएको जानकारी दिए । 

महिला उद्यमीहरुले बजारमा आएका  विदेशी सामग्री भन्दा आफूहरुले गुणस्तरीय सामान उत्पादन गरी कम मूल्यमा बिक्री गर्नेगरेको दावी गरे । 

Advertisement

Advertisement