हिमाल दोलखा हाइड्रोको हकप्रद आजदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आज जेठ २२ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गरेको छ ।   

कम्पनीले १ः०.७५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । 

Advertisement

हकप्रद शेयरमा लगानीकर्ताले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २७ गते बुकक्लोज गरेको छ । 

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपियाँ छ । 

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँदछ ।

Advertisement

Advertisement