प्रभु बैंकले लक्जेम्बर्गबाट भित्र्यायो ५० लाख डलर, विद्युतीय सवारीमा लगानी गर्ने

Advertisement

काठमाडौं । प्रभु बैंकले विद्युतीय सवारी साधनहरूमा लगानी लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एसएबाट ५० लाख डलर ऋण लिएको छ । 

बैंकका अनुसार आज विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत वर्षे अवधिका लागि ५० लाख डलर बराबरको ऋण प्राप्त गरेको हो । 

Advertisement

उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी साधनहरू खरीद तथा आयातमा खर्च गर्ने बैंकको योजना छ ।

बैंकले वैकल्पिक ऊर्जा व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको उल्लेख गरेको छ । 

Advertisement