हिम्लुङ हिमालको सफल आरोहण गरी फर्केका विद्यार्थीहरु पर्यटनमन्त्रीद्वारा सम्मानित

Advertisement

काठमाडौं । हिम्लुङ हिमाल (७१२६ मिटर) सफल आरोहण गर्ने नेपाल माउन्टेन एकेडेमीमा अध्यनरत ब्याचलर अफ माउन्टेनियरिङ स्टडिजका दोस्रो ब्याचका ८ जना विद्यार्थीहरूलाई आज एक समारोहका बीच सम्मानित गरिएको छ । 

ती विधार्थीहरुले गत जेठ १३ गते बिहान ९ः२० देखि १० बजेको बीचमा हिमलुङ हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । 

Advertisement

आज काठमाडौंस्थित नेपाल माउन्टेन एकेडेमीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ८ जना विद्यार्थीहरू र इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एशोसिएसनका तीन प्रशिक्षकहरूलाई सामान गरेका हुन् । 

कार्यक्रममा बोल्दै पर्यटन मन्त्री किरातीले नेपाल माउन्टेन एकेडेमीमा अध्यनरत ८ जना विद्यार्थीहरूले हिमलुङ हिमालको सफल आरोहण गरेकोमा निकै खुशी लागेको बताए ।  सोही अवसरमा उनले पर्यटन क्षेत्रका ऐन कानूनमा सुधार गर्न आवश्यक रहेको बताउँदै त्यसको सुधारका लागि आफु लागि परेको बताए ।  

पर्यटन हाम्रो देशको आर्थिक विकासको धेरै ठूलो खम्बा हो । हिमाल हाम्रो चिनारी हो । नेपालको पर्यटन नेपालीपनको हुनु पर्छ, विदेशी फोटोकपी होइन । नेपालमा पर्यटन विश्वविद्यालय नै निर्माण गर्नुपर्ने मन्त्री किराती बताएका छन् । 

यसैगरी एकेडेमीका अध्यक्ष उङ्दी छिरिङ शेर्पाले ८ जना विधार्थीहरुले गरेको यो आरोहण वर्ल्ड रेकर्ड नै भएको दाबी गरे । गिनिज वर्ल्र्ड रेकर्डमा पनि नाम लेखाउने प्रक्रिया पनि अगाडि बढाउने कामहरु भइरहेको बताए । 

एकेडेमीका कार्यकारी निर्देशक अर्जुन राईका अनुसार हिमलुङ हिमालको सफलतापूर्वक आरोहण गरेका ८ विद्यार्थीहरू रोशनराज खत्री, सरोज लामिछाने, नवीन उप्रेती, बिधान भण्डारी, आशिह कडाकर, सौगात अधिकारी, सरोज तामाङ र कुशल रानाभाट हुन् । तीन प्रशिक्षकहरू इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एसोसिएसनका लाम्बाबु शेर्पा, लाक्पा राङ्दु शेर्पा, छिरिङ जाङ्बु शेर्पा र क्लाइमिङ शेर्पाहरु फुर्वा गिल्जाङ शेर्पा, छेवाङ शेर्पा, आङगेलु शेर्पा, लक्पा तेन्जी शेर्पा, दावा गेल्जे शेर्पा रहेका थिए ।

उक्त आरोहणलाई हिमलुङ हिमाल माउन्टेनेरिङ रिसर्च एक्सपिडिसन बीएमएस एनएमए २०२३–१ नामक नाम दिइएको थियो । त्यस्तै, टोलीलाई खान बासको व्यवस्था पिक प्रमोसन प्रालिले गरेको थियो । टिममा २३ जना विद्यार्थी र एक जना सुपरभाईजरसहित २४ जना रहेको राईले जानकारी दिए । 

Advertisement

Advertisement