मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, असार १० गतेसम्म सुझाव दिन सकिने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको लागि सुझाव माग गरेको छ । 

बजेट सार्वजनिक भएपछि राष्ट्र बैंकले आगामी आवको लागि मौद्रिक नीतिको तयारी थालेको हो । 

Advertisement

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गरिंदै आएको छ । 

राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै मौद्रिक नीतिमा समेट्नुपर्ने सुझावहरु असार १० गतेभित्र आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन आग्रह गरेको छ ।

मौद्रिक नीति भनेको के हो ?
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

Advertisement

Advertisement