नेपाल लाइफले पोखरामा गर्यो आफ्नै कार्यालय भवनको उद्घाटन

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । उक्त भवन पोखराको न्युरोडमा स्थापना गरिएको हो ।

कार्यक्रममा नेपाल लाइफका संचालकहरु कमलेश अग्रवाल, विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने, सीईओ प्रवीणरमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकाल उपस्थित थिए ।

Advertisement

भवन करिब ३ तीन हजार २ सय २० वर्ग फीटमा फैलिएको छ । नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कयालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

संचालक अग्रवालले वि.स. २०७२ सालमा संविधान जारी भए पश्चात नेपालले संघियताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्त रुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको कुरा बताए ।

कार्यक्रममा बीमा क्षेत्र विकासका लागि नेपाल लाइफले पुर्याउदै आएको योगदान र आगामी योजनाका बारेमा समेत चर्चा गरिएको थियो ।

Advertisement

Advertisement