सेल्सबेरीका सामान अब अनलाईनमै किन्न मिल्ने, होम डेलिवरीको पनि सुविधा

Advertisement

काठमाडौं । सेल्सबेरीले आधुनिक प्रविधिको प्रयोग गर्दै अब आफ्ना सामानहरु डिजिटल्ली बिक्री वितरण गर्ने भएको छ । ग्राहकहरुको मागलाई सम्बोधन गर्दै किनबेचलाई छिटो छरितो बनाउन उक्त बाटो अपनाएको केन्द्रिय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो । 

सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिलमान प्रधानाङ्गका अनुसार अहिले हरेक सामाग्रीहरु ग्राहकहरुले आ-आफ्नो मोवाइलबाटै सहजै किन्न रुचाउने भएकाले अनलाइनबाट सामाग्रीहरुको बिक्री वितरण सुरु गरिएको हो । उनले ग्राहकहरुकै मायाले आफूहरु यहाँसम्म आईपुगेको र आगामी दिनमा पनि त्यस्तै माया, सहयोग र विश्वासको समेत अपेक्षा गरेको बताए । 

Advertisement

कार्यक्रममा सेल्सबेरीका चार हजार भन्दा बढी सामानहरु अहिले नै अनलाइनबाट किन्बेच हुने जानकारी दिइएको छ । त्यस्तै, तत्कालका लागि काठमाडौंको सातदोबाटो, महाराजगंग, सीतापाइला र पोखराको चिप्लेढुंगा गरी चार ठाउँमा होम डेलिबरीको सुविधा दिन लागिएको हो । पाँच हजार पियाँ भन्दा बढी मूल्यको समान अर्डर गर्ने ग्राहकहरुका लागि भने नि:शुल्क होम डेलिभरीको सुविधा रहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरुले सेल्सबेरीका सामान ई सेवा, फोन पे लगायतका भुक्तानी प्रदायक एपबाट अर्डर गर्न सक्नेछन् । त्यस्तै, महाराजगंगको अमेरीकन राजदूतावास नजिकै स्विमीङ् पुल, जीम खाना, बालबालिकाका लागि मनोरञ्जन केन्द्र सहितको भवन उद्घाटनको अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । 

विगतमा पोखराको एउटा सानो भवनबाट सुरु गरिएको व्यवसाय अहिले फस्टाउँदै गएकोमा कम्पनीले आफ्ना ग्राहकहरुलाई धन्यवाद दिँदै उनीहरुको विश्वासमा कुनै कमी आउँन नदिने बाचा समेत गरेको छ । 

कोरोना महामारीपछि आफूहरुले व्यापारीक रणनीतिमा केही थपघट गर्दै डिजिटल भुक्तानीको सुरुवात गरेको सेल्सबेरीले जनाएको छ । 


 

Advertisement

Advertisement