बजेट वास्तविकताबाटबाट निक्कै टाढा गयोः सांसद वाग्ले

Advertisement

काठमाडौं । बजेट निर्माण वास्तविकताबाट निक्कै पर जान थालेको सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले बताएका छन् । प्रत्येक वर्ष बजेटको आकार एकातिर र वास्ताविकता अर्कैतिर हुन थालेको उनले बताए । 

इकोनोमिक मिडिया सोसाइटी नेपाल (ईम्शन) ले आज आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै सासंद वाग्लेले बजेटलाई रियालिष्टिक बनाउन निकै ढिला भैसकेको बताए ।  

Advertisement

सासंद वाग्लेले भूकम्प कोभिडले गर्दा बजेटको आकार ठूलो बनाउनु परेको बताए । भूकम्पपछिको बजेट पुननिर्माणका लागि ठूलो बनाइएको थियो । सो बेलादेखी बढेको बजेट बढ्ने क्रम नरोकिएको डा। वाग्लेले बताएका हुन् । 

उनले भने ‘भुकम्प भन्दा एक वर्ष अघिको बजेट ६ खर्ब १९ अर्बको थियो,  यसपछि ८ सय २० अर्ब पुग्यो यसबेला यो आवश्यक पनि थियो, तर पछिल्लो समय महत्वकाँक्षा बढ्दै गएको देखिन्छ ।’

इतिहासमै सबैभन्दा सजिलो बजेट भनेको पूर्व अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेट हो । यो बजेट १३ अर्ब १५ अर्बको थियो । २ तिहाई सासंद सहितको एकदलीय सरकार, भूभुकम्पबाट तग्रिसकेको बजेट तर यो बजेट पनि ११ खर्ब १० अर्ब भन्दा खर्च हुन सकेन।  यसलाई हामीले  महत्वपूर्ण बजेट अभ्यासको रुपमा हेर्नुपर्ने सासंद वाग्लेले बताए ।

पछिल्लो समय बजेट वास्तविक भन्दा निक्कै पर जान थालेको वाग्लेले बताए । पूर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट इतिहासकै हावादारी भएको  टिप्पणी गरे । साथै सो बजेटमा सबैभन्दा धेरै नीतिगत भ्रष्टाचार भएको बताए ।

‘अहिले सार्वजनिक भएको बजेटमा पनि नीतिगत भष्टाचारको विषय उठेको छ । यो विषय सत्य नहोस् म मन्त्री प्रकाशशरण महतलाई शुभकामना दिन पनि चाहान्छु ।’, उनले भने । 

१७ सय ५१ अर्बको बजेटलाई पनि पत्याउन सकिने स्थिति नभएको वाग्लेले बताए । वैदेशिक अनुदान र ऋण परिचालन कमजोर बन्दै गएको छ । अब विस्तारै कोर्स करेक्सनमा जानुपर्ने तर सो हुन सकेको छैन । 

राजस्वको कर्मचारीको क्षमतामा कमजोरी बढ्दैछ। आर्थिक वृद्धिमा पनि सोही अवस्था देखिइरहेको छ। नयाँ सिराबाट काम गर्नुपर्ने देखिएको छ । 

खर्च घटाउने त भनेको छ, तर कहाँ घटाउने खर्च पुनरावलोकन आयोगको रिपोर्ट पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने अवस्था आएको छ ।  सामाजिक सुरक्षामा सरकारले ३७ लाख जनताले महिना महिना नै खातामा हालिदिएको छ । यो सकारात्मक विषय हो । यो गतिमा सधैँ सक्दैन ।

सामाजिक सुरक्षामा ब्रेक लगाउन सकिएन भने निक्कै ठूलो दायित्व हुन जाने वाग्लेको भनाई छ । यसको लागि सामूहिक सोलुसन आवश्यक पर्छ ।

Advertisement

Advertisement