ऋण लिएर घ्यू खाने प्रवृति रोकिनु पर्छः चेम्बर अध्यक्ष मल्ल

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ऋण लिएर घ्यू खाने प्रवृति रोकिनु पर्ने बताएका छन् ।

उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) ले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रमा बोल्दै सरकारले हरेक वर्ष देशलाई ऋणको भार थप्दै गएको बताए । ʻसरकारमा जोसुकै भएपनि जनताले रगत पसिना बगाएर तिरेको कर कनिका छरे झैं छर्न हुन्न । यसको सही सदुपयोग गर्न आवश्यक छ ।ʼ उनी भन्छन् ।

Advertisement

निजी क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको बजेटमा आएको कुरा कार्यान्वयनको पक्ष फितलो रहेको मल्ल बताउँछन । 

सरकारले ल्याएको आर्थिक बृद्धिको लक्ष पुरा नहुने उनको बुझाई छ । उनी भन्छन्, ʻसरकारले चालु आवको बजेटमा ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष राखेको छ । यो विगतमा ८ प्रतिशत आर्थिक बृद्धिको लक्ष राखेर २ प्रतिशत आर्थिक बृद्धिदर भएको थियो । आगामी आर्थिक वर्षमा झन तल झर्ने हो की भन्ने शंका  पनि छ ।ʼ

 सरकारले ल्याएको बजेटमा केहि विकृतिहरु पनि देखिएको उनी बताउँछन् । सरकारले बजेटमा बिभिन्न कोष सञ्चालनमा ल्याउने योजना ल्याएको छ । यो अहिलेको अवस्थामा सान्दर्भिक छैन । यसकारण यस्तो कोष सञ्चालन ल्याउनु भनेको बिकृति हो ।ʼ उनी भन्छन् ।

Advertisement

Advertisement