काठमाडौं । नेपाल राष्ट्र बैंकले परियोजना धितोमा मात्र प्रवाह भएको ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने निर्देशन दिएको छ ।
नवप्रवर्तन तथा उद्यमशीलता विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त व्यवस्था गरिएको राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज सूचना प्रकाशित गर्दै यस्तो प्रावधान रहेको उल्लेख गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले प्रस्तावित उद्यम व्यवसायको अवधारणा, योजना, अनुमानित नगद प्रवाह, वित्तीय सम्भाव्यता, कर्जा जोखिम लगायतका विषयको विस्तृत मूल्याङ्कन गरी कर्जासम्बन्धी निर्णय लिन सक्ने राष्ट्र बैंकको निर्देशन छ ।