टारो मोटरसाइकलको मूल्य रु ८० हजार घट्यो, अब कति ?

Advertisement

काठमाडौं । टारो मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले नेपाली बजारमा उपलब्ध २ मोडलको मूल्य घटाएको छ ।

टारोका दुई मोडल जीपी टु २०० र जीपी वान २५० को मूल्य घटाइएको हो । जीपी टु २०० को मूल्य पहिले रु. ५ लाख ५५ हजारबाट घटाएर ४ लाख ७५ हजार रुपियाँ कायम गरिएको छ । यसमा ८० हजार रुपियाँ मुल्य कम गरिएको हो ।

Advertisement

त्यसैगरी जीपी वान २५० मूल्य ६ लाख ७० हजारबाट ६ लाख कायम गरिएको छ । यी वाइकमा क्रमशः ८० हजार र ७० हजार रुपियाँ मूल्य कम गरिएको छ ।

सरकारले हालै सार्वजनिक गरेको बजेट मार्फत २०० सीसी भन्दा माथिका दुई पाङ्ग्रे सवारी साधनमा पहिले भन्दा केही सहुलियत भएका कारण टारोले पनि मुल्य समायोजन गरेको जानकारी दिएको छ ।
इटालियन डिजाइनमा निर्मित टारोका वाइकहरु युवावर्गहरुले अत्याधिक मन पराएको स्पोर्टस सेग्मेन्ट अन्तर्गतका वाइकहरु हुन् । 

नेपाल भित्रिएको यस ब्राण्डका वाइकसँगै १५० सीसीका अन्य दुई स्कुटरका मोडलहरु पनि उपलब्ध छन् । इमोला १५० र टी९ १५० ईएफआई हाल नेपाली ग्राहकले कार्यक्षमता र डिजाइन दुवै पाटोमा मन पराइएका यस ब्राण्डका प्रचलित स्कुटरहरु हुन् । 

एक्सचेन्ज तथा फाइनान्स दुवैको सुविधा सहित उपलब्ध टारोका वाइक तथा स्कुटर भविष्यमा अझ वढी परिमार्जित हुँदै ल्याइने र अझ वढी सेवा र सुविधाका साथ नेपाली बजारमा उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ ।

हाल उपत्यकाभित्र कम्पनीको थ्रीएस सुविधाको साथ नक्साल, टेकु र धोबिघाट शोरुमबाट टारोको वाइक खरीद गर्न सकिनेछ भने उपत्यका बाहिर इटहरी, हेटौंडा र पोखरामा वाइक थ्रीएस सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement