दश प्रतिशत छात्रवृत्ति दिन अटेर गर्ने निजी विद्यालयहरुलाई कारवाही  गर्ने महानगरको तयारी

Advertisement

काठमाडौं । देशकै मुख्य पालिका काठमाडौं महानगरका निजी विद्यालयहरुले सरकारले तोकेअनुसार विद्यार्थीहरुलाई छात्रवृद्धि गर्न अटेर गरेको पाइएको छ । 

महानगरपालिकाले नियमअनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भए पनि अधिकांश विद्यालयले नगन्य मात्रामा विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको पाइएपछि अटेर गर्ने निजी विद्यालयको सूची महानगरले सार्वजनिक गरेको छ । सुचीमा ३४२ विद्यालयको नाम छ । 

Advertisement

छात्रवृत्ति दिँदा पनि थोरै विद्यार्थीलाई बार्षिक तथा मासिक शुल्कमा आंशिक छुट दिने र छात्रवृत्ति दिएको भनेर ढाँट्ने गरेको देखिएको छ । महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेभसाइटमा प्रकाशित गर्न भनेको थियो । 

विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी पनि महानगरपालिकाले दिएको छ । 


 
 

Advertisement

Advertisement