अवसर इक्वीटी फण्डले हिमपर्वत हाइड्रोमा लगानी गर्ने सम्झौता

Advertisement

काठमाडौं । अवसर इक्वीटी डाइभर्सिफाइड फण्डले हिमपर्वत हाइड्रोपावर लिमिटेडसँग लगानी सम्झौता गरेको छ । 

अवसरले सागु खोला–१ जलविद्युत (५.५ मेगावाट) र सागु खोला (२० मेगावाट) जलविद्युत आयोजनामा ३९ करोड ६ लाख रुपियाँ लगानी गर्ने गरी सम्झौता गरिएको हो ।

Advertisement

आयोजनाबाट उत्पादन हुने विद्युत् सिंगटी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने जनाइएको हिमपावर हाइड्रोले जनाएको छ । यी आयोजनाहरु २०८१ चैत २९ गतेबाट व्यावसायिक सञ्चालनमा आउने जनाइएको छ ।  

Advertisement

Advertisement