टीभीएसको नयाँ रेकर्ड: मार्क्यु बन्यो पहिलो अन्तराष्ट्रिय बाइक राइड

Advertisement

काठमाडौं । जगदम्बा मोटर्स आधिकारिक बिक्रेता रहेको टीभीएस ब्राण्डले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल र भारतका विभिन्न स्थानमा हालसम्मकै लामो मोटर साइकल यात्रा तय गर्दै उक्त रेकर्ड कायम गरिएको हो ।

टिभिएस ब्राण्डले बाइकिङबाट समाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरुलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समूहका रुपमा टिभिएस अपाचे अनर्स ग्रुप एओजीलाई अघि बढाइरहेको जनाएको छ । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सलेले स्थापना काल देखि नै विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रममार्फत युवाहरुको बाइक प्रतिको लगावलाई सघाउँदै आएको बताएको छ ।

Advertisement

परोपकार, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरुमा सक्रिय रहने एओजी समूहले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गरेको हो ।

राइड टु ओरिजिन  उद्देश्य लिएर भारतको माइसोरमा रहेको टिभिएसको फ्याक्ट्रीसम्म पुग्७शधवसने लक्ष्य राखेको मार्क्यु राइडमा दश जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो । राइडमा सहभागी हुने  राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यमबाट सक्रिय युवाहरु थिए भने राइडका लागि टिभिएस अपाचे सिरिजका १ सय ६०, २ सय र ३ सय १० सिसिका मोटरसाइकको प्रयोग गरिएको थियो ।

गत फागुन ११ गतेबाट सुरु भएको उक्त मार्क्यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरु सहभागीता जनाएका थिए । फागुन ११ गते काठमाडौँबाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टिभिएसको फ्याक्ट्री को पनि भ्रमण गर्ने पनि मौका पाए थिए । 

टिभिएस मोटर कम्पनी इन्डियाका बिजनेस हेड विमल सुम्ब्लीले बहुप्रतिक्षित टिभिएस मोटोसोल इन्डियाका बारेमा  संसारभर छरिएका वाइकिङ प्रेमीहरुका लागि टिभिएस मोटोसोल २०२३ आयोजना गर्न पाएकोमा निक्कै हर्षित रहेको बताए। 

उक्त यात्रामा २० दिनमा ७ हजार किलोमिटर भन्दा बढी दुरीको यात्रा तय गर्नेका थिए। राडडर सागर थापाले सात हजार किलोमिटर लामो यात्रा गर्न सहज नभए पनि यात्रा शारिरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण रहेको बताए । उनले बाइस दिने यो यात्रा आफूलाई जीवनभर याद रहने बताउँदै नेपाल र भारतको फरक भुगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाएको अनुभव सुनाएका छन् ।

नेपाल पर्यटन बोर्डले पनि यस अभियानलाई प्रभावकारी बनाउन ठूलो योगदान पुर्याएको जानकारी दिइएको छ। उक्त राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माईसुरु, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट फेरी रक्सौल हुँदै काठमाडौँ आएर समाप्त भएको थियो । 

Advertisement

Advertisement