विश्व वातावरण दिवसको अवसरमा शेर्पा पर्यटन व्यवसायीले गरे सरसफाई अभियान

Advertisement

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा शेर्पा पर्यटन व्यवसायी संघ नेपालले काठमाडौं नजिक रहेको तारेभीरमा हाइकिङ र सरसफाई अभियानको आयोजना गरेको छ । 

सोमबार विश्व वातावरण दिवसको अवसरमा तारेभीरमा हाइकिङ र सरसफाई अभियानको आयोजना गरेको शेर्पा पर्यटन व्यवसायी संघ नेपालका महासचिव पासाङ शेर्पा पिनाशाले जानकारी दिए ।

Advertisement

विश्व पर्यटन दिवसको अवसरमा नेपालमा स्वस्थ वातावरण जोगाउन प्लास्टिक नियन्त्रण गर्न पदयात्रा र सरसफाई अभियानको आयोजना गरेको उनले बताए । उक्त अभियानमा ५० भन्दा बढी शेर्पा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको उनले जानकारी दिए । 

‘हाकिङ तथा सरसफाई अभियानको मुख्य उद्देश्य हिमालय र विश्वका पदयात्रा र पदयात्रा मार्गहरूमा प्लाष्टिकको फोहोर नियन्त्रण गर्नु हो जुन हामी बस्ने वातावरणका लागि सबैभन्दा ठूलो समस्या हो,’ शेर्पाले भने । उक्त अभियानबाट कुल ५० बोरा प्लास्टिक, क्यान, ट्रेसहरु संकलन गरेको महासचिव पासाङ शेर्पा पिनाशाले भने ।

शेर्पा पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष पेम्बा शेर्पाले आगामी दिनमा पनि वातावरण सफा गर्ने अन्य कार्यहरू गर्दै जाने बताए । कार्यक्रमको उद्घाटन बुढानिलकण्ठका मेयर मिताराम अधिकारीले गरेका थिए ।

बुढानिलकण्ठ पर्यटन बोर्डले खाजा र सरसफाईको उपकरणहरुको व्यवस्थापन गरेका शेर्पाले बताए । 

Advertisement

Advertisement