नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुदकुमार दुगड निर्वाचित

Advertisement

काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड निर्वाचित भएका छन् । 

संघको आज सम्पन्न २३औं वार्षिक सधारण सभाले दुगडलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । 

Advertisement

संघको प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा अरुण गोयनका, तृतीय उपाध्यक्षमा बिकास बेगवानी, महासचिवमा राधेश्याम अग्रवाल, सचिवमा आनन्द ओझा, सचिवमा धिरज गोल्छा, सञ्जय अग्रवाल, कोषाध्यक्षमा बिनोदकुमार अग्रवाल सहित १७ सदस्यीयको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

हाल यस क्षेत्रमा १७ अर्ब भन्दा बढी लगानी भएको छ भने ४ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका संघका अध्यक्ष दुगडले बताए । 

संघले नेपाल मैदा उत्पादनमा आत्मनिर्भर रहेकोले विदेशबाट हुने आयात रोक्न तथा निर्यात प्रवर्द्धनका लागि अनुदानको व्यवस्था गर्न संघीय सरकारसँग माग समेत गरेको छ । 

Advertisement

Advertisement