प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने पहिलो कम्पनी बन्यो आईएमई लाइफ

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आईपीओ निष्कशन गर्ने कम्पनी भएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिएसँगै प्रती कित्ता रु २३६.९१ मा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो । 

Advertisement

कम्पनीले यसअघिनै सिभिल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रु.२ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कम्पनीले रु.२ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी रु.२ अर्ब ८० करोड रुपियाँ रहेको छ । 

यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु.१ अर्ब १० करोड ५ लाख रुपियाँ संचिती छ । यसैगरी जीवन बीमा कोषमा रु.६ अर्ब ७ करोड ७३ लाख छ र कम्पनीको दिर्घकालीन लगानी तथा कर्जा रु. ८ अर्ब ४ करोड ७१ लाख रुपियाँ रहेको छ । 

चालु आवको तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा रु. १८ करोड २४ लाख रुपियाँ छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रु. ८ रुपियाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपियाँ ६७ पैसा रहेको छ ।

नेपालको प्रतिष्ठित र अग्रणी व्यवसायिक समूह आइएमई ग्रुपद्वारा प्रवर्द्धित बिभिन्न कम्पनीहरु मध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो । 
 

Advertisement

Advertisement