‘बजेट नसच्याए सत्तारुढ दलहरुले अहंकार झारिदिन्छौं’

सरकार अजिङ्गर जस्तो भयो, भन्सारबाट आउला र खाउँला भनेर बसेको छः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०८०–८१ को बजेट सच्याउन सरकारसँग माग गरो छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने पनि उनले प्रतिवद्धता जनाएका छन् । 

ओलीले मंगलबार संसदमा बोल्दै सत्तारुढ दलहरुले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए । उनले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकीर समेत गरे । 

Advertisement

ओलीले भने, ‘अब यहाँ सत्ता अहंकार हुन्छ । बजेट सच्याउन मिल्दैन । बजेट सच्याएवापत सरकार असफल भयो भन्दैनौं हामी । सच्याउनुस बजेट । सरकार असफल भयो, सरकारले बजेट फे¥यो भन्दैनौं हामी । तर सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौं । तर सत्ता अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिदैन । हामी जो बाहुबली छांै । टेर्दैनौं भन्नु हुन्छ भने परिणामले तपाईलाई सत्ता अहंकारबाट तपाईको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ ।’

अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दावी समेत गरे । उनले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको दावी पनि गरे । समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको ओलीको भनाई थियो । 

उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दावी समेत गरे । बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै ओलीले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताए । त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्न भन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौति दिए । 

ओलीले भने, ‘हामीले निर्माण गरेको संविधानले प्राप्त गर्ने लक्ष्य राखेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको मार्गबाट बजेट विचलित भएको छ । कसले मन परायो, कसले मन पराएन ? किन भयो, भएन ? संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवाद उन्मुख अर्थतन्त्र भनेको पूँजी उन्मुख होइन, मानव उन्मुख हो । घराना उन्मुख होइन, समाज उन्मुख हो । ठूलालाई पैसा कमाउने अवसरमाथि अवसर थप्ने होइन । आम जनताको जीवनस्तर माथि उठाउने हो । उत्पादन, उत्पादकत्व वृद्धि गर्ने नाममा पूँजीको केन्द्रिकरण होइन । वितरणमा न्यायोचिततासहितको बजेट हो । त्यसमा विमुख छ । त्यसलाई छोडेको छ । नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति बजेट विल्कुल विमुख छ । यसले अकर्मण्यता र शिथिलताले ग्रसित छ । यसमा भिजनहिनता छ । यसले देख्दैन परसम्म । चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोशेराको जस्तो छ बजेटको । यसले देख्दैन, भिजन छैन । पोलिसी छैन । त्यसकारण यसमा अकर्मण्यता छ । र, शिथिलता छ ।’ 

उनले थपे, ‘परिणाममा हेरियोस् म केही भन्दिन । माननीयजीहरुले पछि बहस गर्ने क्रममा जवाफ त मलाई दिन सक्नु हुन्छ । परिणामबाट, उपलब्धिबाट जवाफ दिनुस म सत्तापक्षलाई भन्न चाहन्छु । यो उदासिन छ । किन भनेको भने अहिलेको सरकार आय स्रोत कसरी बढाउने ? त्यसमा प्रयास अगाडि बढाउने, प्रयासमा तीव्रता दिने, प्रयासलाई योजनावद्ध ढंगले अघि बढाउने त्यसकुरामा ध्यान छैन । अझिंगर जस्तो छ । डम्म सुतेको छ । अगाडि केही आयो भने तानेर खाउला भनेर बसेको छ । भन्सार राखिदिएको छ । त्यहाँबाट रकम असुल भयो भने, एयरपोर्टबाट भयो भने, भैरहवाबाट भयो भने, उताबाट भयो भने आएको बजेट भन्सारमा थापेको छ नि त्यस टोकरीमा आईलाग्यो भने स्वाप्प पार्ने । एउटा नीतिमा भनिएको छ । ’

अध्यक्ष ओलीले बजेटलाई सुतेर बसेको अझिंगरसँग तुलना समेत गरे । सुतेर बसेको अझिंगरले जस्तो बजेटमा भन्सारबाट आउला र खाउँला भन्ने आशा मात्रै रहेको उनको टिप्पणी छ । 

Advertisement

Advertisement