कर्पाेरेट राशिफलः आज (जेठ २४) तपाईंको अर्थ–व्यापार, व्यवसाय कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल जेठ महिनाको २४ गते मंगलबार, आषाढ कृष्णपक्षको चौथी तिथि ।

मेष 
करुणाले भरिएको मन हुने छ । अरुलाई सहयोग गर्न पाइने छ । पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । सामाजबाट सम्मान प्राप्त हुने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी, सार्वजनिक यातायात आदी क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि हुने छ । शेयर बजारबाट भने लाभ मिल्ने छैन् ।

Advertisement

वृष 
भगवान प्रतिको विश्वासमा तिब्रता आउने छ । भाग्य बलियो रहेको छ । यात्रामा सफलता मिल्ने छ । मार्केटिक तथा ब्राण्डिङ्गमा सफलता मिल्ने छ । साझेदारीमा गरिएका कार्यहरुमा देखिएका बिबाद समाधानतर्फ जाने छन् । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

मिथुन 
धार्मिक अनास्थाले तान्ने छ । मनमा अन्योलताका क्रम रहने हुँदा अस्थिरताको आभाष रहने छ । परिवारमा द्वन्दको अवस्था आउँदा परिवारका सदस्यहरुबीच कटु सम्बन्ध हुने छ । आर्थिक असन्तुलन रहने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । शेयर क्षेत्रबाट लाभ हुने छैन् । 

कर्कट
भाग्यको साथ नभएकाले चालेका कदमहरुबाट थोरै मात्र प्रतिफल प्राप्त हुने छ । पेशागत क्षेत्रमा असमझदारी विद्यमान रहने छ । कर्मशिलतामा भने बढोत्तरी हुने छ । यात्रामा कठिनाई ब्योहर्नु पर्ने छ । परिवारमा तिक्ताले डेरा जमाउने छ । शेयर क्षेत्र मध्यम खालको हुने छ । 

सिंह
व्रत तथा उपासनातर्फ मन केन्द्रीत हुने छ । पारिवारिक जीवनमा खुशीयाली आउने छ । आर्थिक लाभ प्राप्त हुने छ । पेशागत जीवन उन्नत हुने छ । यात्रामा सफलता प्राप्त हुने छ । सवारीसाधन, ग्यारेज, सार्वजनिक यातायात जस्ता क्षेत्रमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कन्या
स–साना विषयमा पनि आक्रोशित हुने स्वाभावका कारण झैझगडा उत्पन्न हुने छ । मनोबलमा बृद्धि हुनेछ । आक्रामक स्वाभाव हुने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । पेशागत जीवन तथा ब्यापार विजनेश औसत खालको रहने छ । शेयर क्षेत्र मध्यम प्रकृतिको हुनेछ । 

तुला 
आफ्नै मानिसहरु वा विश्वास गरेकाहरुबाट धोका हुने चुनौति रहने छ । अन्योलताको सामना गर्नु पर्ने छ । आर्थिक असन्तुलनका कारण मनमा बेखुशीपना र तनाव ल्याउने छ । परिवारका साथले गर्दा कठिनाईमा जुध्न निकै भर प्राप्त हुने छ । कुटुम्बसँग मिलन हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

वृश्चिक
भगवत्वप्रति विश्वास बढ्न जाने छ । अरुको विश्वास सहज आर्जन हुने छ । सहि निर्णय गर्ने क्षमता हुने छ । तर मनमा केही निराशाका क्रम रही रहने छ । पेशागत जीवनबाट फाइदा मिल्ने छ । जीवनसाथिको साथले सहजता उत्पन्न हुने छ । परिवारमा भने कटुता देखिँदा पारीवारिक भेटघाट खल्लो बन्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

धनु 
भगवान प्रतिको विश्वासमा तिब्रता आउने छ । भाग्यको साथ रहेकाले अनुकुलता प्राप्त हुने छ । कमाईमा बृद्धि हुने छ । अरुले मानसम्मान गर्ने छन् । यात्रामा भने अवरोधहरु खेप्नु पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुनेछ । पैतृक सम्पत्तिका विषयमा बिबाद देखिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मकर 
सात्विक्ता भन्दा तामसिक खाना तर्फ मन लोभिने छ । यात्रामा जान मन लाग्ने छ । ग्यारेज, ढुवानी, यातायात, पेट्रोलिय पदार्थको कारोवार जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । ब्यापार विजनेशमा फाइदा मिल्ने छ । रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कुम्भ 
अवास्तविक कल्पनाले मन घुम्ने छ । नकारात्मक विचारले पेल्ने छ । उमङ्गमा कमि आउँदा भविष्य प्रतिको चिन्ताले सताउने छ । आर्थिक व्यवस्थापनमा असन्तुलन पैदा हुने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा योजना बनाए अनुसार सफलता हुने छैन् । शेयर क्षेत्रबाट लाभ हुने छैन् । 

मीन
आलोचना सहनु पर्ने छ । पारीवारिक सदस्यहरुबीच तनाव उत्पन्न हुने छ । फुड सर्भिस, खानि, फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य, होटल, रेष्टुरेण्ट, खाजाघर जस्ता क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्न कठिन हुने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement