सरकारको कर नीतिले गरिवलाई झन गरिव बनाउँछः सुमना श्रेष्ठ

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् । 

बुधबार संसदमा उनले गरिवलाई झन गरिव बनाउने गरी सरकारले कर नीति ल्याएको बताउँदै त्यसको विरोधमा आफूहरुले संसद बैठक समेत अवरुद्ध गर्न सक्ने चेतावनी दिएकी हुन् । सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यान्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्वीकार्य नहुने बताइन् । 

Advertisement

उनले गरिव किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ? भनि  अर्थमन्त्री प्रकाशशरण महतलाई प्रश्न समेत गरिन् । श्रेष्ठले भनिन्, ‘गरिवलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौं भने गरिव झन गरिव बनाउने, अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने ? गरिवहरुको कथा सुनाउने दातृ संस्थाहरुलाई । गरिवलाई यसमा लेखिएको करले कसरी सहुलियत दिन्छ भनेर प्रक्षेपण देखाउनुस । अव त कस्तो भयो भने आफूले टार्गेट गरेको कर उठेन भने अव त अर्को वर्ष तपाईंले सासमा पनि कर लगाउनु हुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसावले रोकिएको छ । जनताको लागि अव हामी रोक्छौं । यस्तो गरिवहरुलाई बढि गरिव बनाउने कर स्विकार्य छैन । यसको विरोध गर्छौ ।’

सांसद श्रेष्ठले गरिवीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरुलाई मारमा पार्ने काम हुनै नसक्ने बताइन् । 

Advertisement

Advertisement