शेयर बजारमा थपियो उत्साहः समग्रमा नेप्से ७३.२६ अंकले बढ्यो, के होला आगामी साता ?

Advertisement

काठमाडौं । शेयरमा यो साता उत्साह थपिएको छ । साताको ५ दिन मध्ये ४ दिन बजार बढ्यो भने एक दिनमात्रै बजार ओरालो झरेको थियो । 

आर्थिक विधेयक २०८० मा शेयर लगानीकर्ताहरुको माग अर्थमन्त्रालयले पूरा गर्नु र नेपाल धितोपत्र बोर्डले धमाधम नयाँ ब्रोकर कम्पनीहरुलालाई लाइसेन्स दिन थापेपछि बजारमा उत्साह छाएको छ । 

Advertisement

बोर्डले पहिलो चरणमा ७ र दोस्रो चरणमा ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् । ब्रोकर कम्पनीको संख्या थपिएसँगै लगानीकर्ताहरुको संख्या पनि बढ्ने र शेयर बजारमा सुधार आउने आंकलन गरिएको छ । 

समग्रमा यो साता ७३.२६ अंकले बजार उकालो चढेर १९३९.६१ अंकमा पुगेको छ । कारोबार रकम पनि यो साता उत्साहजनकनै रह्यो । यो साता एक अर्ब ६५ करोडदेखि २ अर्ब ३६ करोड रुपियाँसम्म शेयर कारोबार भएको थियो । 

यस्तो रह्यो यो साताको बजार 
साताको पहिलो दिन आइतबार बजार ५३.०३ अंकले बढ्दा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३ सय ९१.५७ रुपियाँ, सोमबार १७.३८ अंकले बजार घट्दा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १ सय ७.३१ रुपियाँ, मंगलबार २५.६६ अंकले बजार बढ्दा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७ सय १.९९ रुपियाँ, बुधबार ४.६८ अंकले बजार बढ्दा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६ सय ३५.९२ रुपियाँ र साताको अन्तिम दिन बिहीबार ७.२७ अंकले बजार बढ्दा २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९ सय ३१.७२ रुपियाँ  बराबरको कारोबार भएको थियो । 

पुँजीबजारमा सुशासन कायम गर्दै विश्वसनीय बनाउन ऐतिहासिक काम भएको छः हमाल

शेयर बजारका ५६ लाख लगानीकर्ता भड्किने हुन कि ? भन्ने अर्थमन्त्रीको चिन्ता

सेबोनद्वारा थप ११ नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय (सूचीसहित)

नयाँ सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिने सेबोनको निर्णय, कुन-कुनले पाए ? (सूचीसहित)

 

Advertisement

Advertisement