आर्थिक संकटमा रहेको श्रीलंका ब्याज दर थप घटाउने कसरत गर्दै
file photo

Advertisement

कोलम्बो । श्रीलंकाका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताउनुभएको छ ।

अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताएका हुन् । 

Advertisement

गत साता श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) को मौद्रिक सकितिले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई २५० आधार बिन्दुले घटाएर क्रमशः १३ प्रतिशत र १४ प्रतिशतमा झार्ने निर्णय गरेको थियो ।

सेमासिङ्घेका अनुसार मुद्रास्फीति घट्दो क्रममा छ र ‘ट्रेजरी बन्ड’को ब्याज दर पनि घटेको छ ।

बैङ्कले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “बजारको ब्याजदरमा आएको गिरावटले अनुमानित एकल अङ्कको मुद्रास्फीतिसँग मेल खाने छ । 

यसले निजी क्षेत्रलाई ऋण प्रवाह गर्न सहयोग पुग्नेछ र वित्तीय क्षेत्रमाथिको दबाब कम हुनेछ । रासस/सिन्ह्वा 

Advertisement

Advertisement