आइएमई लाईफको आईपीओ निष्काशनको मिति तय, कसले कहिले भर्ने ?

Advertisement

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनको मिति तय गरेको छ । 

कम्पनीले बैदेशिक रोजगारीमा रहेकाहरुको लागि असार १ गतेदेखि असार १५ गतेसम्म र सर्वसाधारणका लागि असार २० गतेदेखि छिटोमा २४ गते र ढिलोमा साउन ४ गतेसम्म निष्काशन खुला गर्ने भएको हो । 

Advertisement

कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता रु. २३६.९१ मा १ अर्ब २० करोड रुपियाँ बराबरको १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 

कम्पनीले १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुको लागि निष्काशन बिक्री गर्नेछ ।  गर्नेछ ।

६ लाख कित्ता सामुहिक लगानी कोषका लागि, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुटाएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ  सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९ लाख ६० हजारले १०–१० कित्ताका दरले पाउने छन् । 

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने पहिलो कम्पनी बन्यो आईएमई लाइफ

Advertisement

Advertisement