लक्ष्यअनुसार राजश्व नउठेर छटपटाएको सरकारलाई रेमिटान्सले दियो राहत, २३.४ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिना (वैशाखसम्म)मा रेमिटान्स (विप्रेषण) आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक स्थितिअनुसार समीक्षा अवधिमा रेमिटान्स १० खर्ब पाँच अर्ब १८ करोड रुपियाँ भित्रिएको छ । अघिल्लो बर्ष सोही अवधिमा रेमिटान्स शुन्य दशमलव पाँच प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा रेमिटान्स १३.४ प्रतिशतले बढेको छ । 

Advertisement

आर्थिक मन्दीका कारण लक्ष्यअनुसार राजश्व नउठेर छटपटाएको सरकारलाई विदेशमा बस्नेहरुले रेमिटान्स सोचेभन्दा धेरै पठाइदिँदा सरकारलाई ठूलो राहत मिलेको छ । रेमिटान्स बढ्दा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोड बचत हुन पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोड ऋणात्मक थियो । 

समीक्षा अवधिमा चालु खाता भने ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो बर्ष सोही अवधिमा चालु खाता पाँच खर्ब ४५ अर्ब छ करोडले घाटामा थियो । 

Advertisement

Advertisement