महंगी ७.४१ प्रतिशत, सबैभन्दा धेरै काठमाडौंमा

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको वैशाख महिनामा मुद्रास्फीति (महंगी) ७.४१ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष सोही महिनामा मुद्रास्फीति ७.८७ प्रतिशत थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको बार्षिक विन्दुगत मूल्य सूचकांक २६.६१ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ । 

Advertisement

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको बार्षिक विन्दुगत मूल्य सूचकांक १५.७५ प्रतिशत, विविधि वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशतm घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ८.२७ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा काठमाडौंमा ७.६८ प्रतिशत, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । 

Advertisement

Advertisement