एनएमबि बैंकले दराज नेपालका ग्राहकहरुलाई विद्युतीय माध्यमबाटै बिना धितो कर्जा दिने

Advertisement

काठमाण्डौं । एनएमबि बैंक लिमिटेड र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतीय कर्जा प्रदान गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार विशेषगरी बैंकिङ पहुँच कम भएका र उत्पादनशील उद्यमसँग जोडिएका स्टार्टअप फर्महरुलाई दराज नेपालसँगको कारोबारका आधारमा पाँच लाख रुपियाँसम्म चालुपुँजी कर्जा प्रदान गरिने भएको हो ।

Advertisement

चालुपुँजी कर्जा प्रदान गर्ने उद्देश्यअनुसार गरिएको सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालका तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत घिमिरेले अर्थतन्त्रको वास्तविक क्षेत्र तथा डिजिटलाइजेसनलाई प्राथमिकता दिँदै सोही कर्जामार्फत ग्राहकले अनलाइन माध्यमबाटै सहजै केही मिनेटमा नै कर्जा प्राप्त गर्ने बताए ।

बैकले सातै प्रदेशबाट आफ्ना २ सय १ शाखा, १ सय ३८ एटीएम र १२ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ । 

Advertisement

Advertisement