प्रभुको साधारणसभाबाट लाभांश वितरण र मर्जरको प्रस्ताव पारित

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुवाश अमात्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ । 

सभाले चुक्ता पुँजीको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पास गरेको हो । साथै, सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गरेको छ । 

Advertisement

मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव पनि पास भएको छ । प्रभु र महालक्ष्मीबीच मर्जरका लागि कायम १ बराबर १ शेयर अनुपातको स्वाप रेसियो पनि अनुमोदन भएको छ ।

सभाले समूह क संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध चयन गरेको छ । 

 

Advertisement

Advertisement