महालक्ष्मी लाइफको साधारणसभाले पनि पास गर्यो प्रभुसँग मर्जरमा जाने प्रस्ताव

Advertisement

काठमाडौं । कान्छो जीवन बीमा कम्पनीको रुपमा चिनिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको शुक्रबार सम्पन्न पाँचौं बार्षिक साधारणसभाले प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने विशेष प्रस्ताव पास गरेको छ । 

आजै प्रभु लाइफको बार्षिक साधारणसभाले पनि सोसम्वन्धी विशेष प्रस्ताव पास गरेको थियो । महालक्ष्मीको साधारणसभाले प्रभुसँग मर्जरमा जाने प्रक्रियालाई अनुमोदन गरेको हो । प्रभु र महालक्ष्मी १ बराबर १ को शेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । 

Advertisement

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा रहने छ भने कम्पनीको नाम पं्रभु महालक्ष्मी रहने छ । 

Advertisement

Advertisement