राशिफलः आज (भदौ ८) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको ८ गते शुक्रबार शुद्धश्रावण शुक्लपक्षको नवमी तिथि ।

मेष
साझेदारीका गरिएका काममा बादबिबाद र झगडा उत्पन्न हुन पुग्ने छ । अन्यको हकमा पेशागत जीवन औसत प्रकृतिबाट गुज्रने छ । शेयर बजारको प्रतिफल पनि औसत प्रकृतिको नै रहने देखिएको छ । मनमा अत्याधिक दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा बिबादहरु देखा पर्ने भएकाले संयमित रहनु होला । 

Advertisement

वृष
पेशागत जीवन औसत रुपमा रहने छ । शेयर बजार सकारात्मक बन्ने छ । मन धेरै चञ्चल हुने भएकाले मन नियन्त्रित गर्ने प्रयास गर्नु होला । आत्मविश्वासी व्यक्तित्व हुने छ । भौतिक सुखका साधनहरु प्रयोग गर्न पाएता पनि मनमा सन्तोषपनाको अभाव हुन जाने छ । साझेदारीमा गरिएका काममा समस्याहरु देखा पर्न जाने छ । आम्दानीमा केही बृद्धि हुने छ । 

मिथुन 
पेशागत जीवन सकारात्मक रहने छ । शेयर बजारमा धेरै जोखिमपूर्वक अघि बढ्ने समय रहेको छैन् । बाणि प्रियताको अभाव हुने भएकाले संयमित रहनु होला । व्यक्तित्वमा नरमपना विकास हुने छ । जसले गर्दा अरु व्यक्तिहरुले पनि सहजतापूर्वक व्यावहार गर्ने छन् । पैतृक धन सम्पत्तिका विषयमा झैझगडा तथा बिबाद देखा पर्ने छन् । 

कर्कट
पेशाप्रतिको लगाबमा तिब्र बृद्धि हुँदा समर्पित हुने व्यक्तित्व हुने छ । शेयर बजार औसत प्रकृतिको रहने छ । समय संयमित रह पाइला चाल्नु पर्ने खालको देखिन्छ । मनोबल कमजोर बन्ने छ । यसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा कार्यक्षमतामा प्रभावित तुल्याउने छ । निर्णय क्षमतामा पनि कमि आउँदा स–साना विषयमा पनि निर्णय लिन कठिन हुने छ ।

सिंह
पेशागत जीवन मध्यम रहने छ । साझेदारीमा गरिएका कामहरुमा भने द्वन्द देखा पर्ने छ । शेयर बजार सकारात्मक रहन जाने छ । औसतमा समय संयमित रहनु पर्ने खालको छ । सुख सन्तोषको अभाव महशुस हुने छ । घर घडेरीका विषयमा घाटा व्योहर्नु पर्ने समय रहेको छ । शारीरिक रुपमा चोट पटक तथा स्वास्थ्य समस्याका कारण अस्पतालको खर्च गर्नु पर्ने अवस्था आउने छ । 

कन्या
पेशागत जीवनमा आँकलन नै नगरिएका क्षेत्रबाट समस्या उत्पन्न हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिबादका क्रम देखा पर्ने छ । शेयर बजार भने सकारातमक रहने छ । असजिलोमा पनि दृढ खालको व्यक्तित्व कायम हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा उक्त कार्य प्रतिफलमुखी हुने छ । रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान दिनु होला । 

तुला
साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । आफु आवद्ध कार्यालयका हाकिमहरुसँग बिबाद बढ्ने खालको समय छ । सकभर बादबिबादमा नजानु नै उपयुक्त हुने छ । शेयर बजार अनुकुल रहने छैन् । जीवनसाथिको आड भरोसामा कार्यहरु गरेमा उक्त कार्य प्रतिफलमुखी बन्ने देखिएको छ । 

वृश्चिक
पेशागत जीवनमा एकपछि अर्काे समस्या आउँदा मनमा विचलन देखा पर्ने छ । शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ । मनमा दुविधा अत्याधिक आउने भएकाले समयमा निर्णयहरु लिन कठिनाई हुने छ । मनमा पनि नकारात्मक विचारले डेरा जमाउने भएकाले यस्ता विचार नियन्त्रणको प्रयास गर्नु होला । भाग्यको साथ नभएकाले धेरै संघर्षबाट थोरै मात्र प्रतिफल प्राप्त हुने छ । 

धनु 
पेशागत जीवनमा पनि विभिन्न आरोप–प्रत्यारोपहरु लाग्ने चुनौति छ । संयमित रहँदा ठिक रहने छ । शेयर बजार भने अनुकुल रहने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुन सक्ने छैन् । भित्रि बुद्धिको सक्रिय हुन नसक्दा निर्णय क्षमतामा पनि गिरावट देखा पर्ने छ । बाणिमा असाध्यै रुखोपना देखा पर्ने भएकाले यस विषयमा ध्यान दिनु होला । 

मकर
पेशागत क्षेत्र औसत खालको रहने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा सामान्य देखिएता पनि ब्यापारको क्षेत्रमा रहेकाहरुको हकमा समय केही जोखिमपूर्ण देखिन्छ । शेयर बजारमा पनि धेरै जोखिम मालेर अघि बढ्न मिल्ने समय रहेको देखिँदैन् । बोणीमा भने नरमपना देखिने हुँदा अरुको तपाई प्रतिको धारणामा सकारात्मकता थपिने छ । 

कुम्भ 
पेशागत जीवनमा आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि गिरावटहरु देखा पर्ने छन् । शेयर बजार औसत खालको हुने छ । मेहनत र पराक्रमी स्वाभावमा गिरावट आउँदा कार्य क्षमतामा पनि कमि देखिन जाने छ । बौद्धिक, प्राज्ञिक तथा धार्मिक क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ ।

मीन
भाग्यको साथ नदिएकाले पेशागत जीवनमा कठिनाई देखा पर्ने छ । जीवनसाथिको साथसहित काम गरेमा फाइदा मिल्ने छ । शेयर बजार सकारात्मक हुने छैन् । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्क रहनु होला । चतुरताको कमि हुन जाने छ । बोलीको प्रभावमा पनि गिरावट देखा पर्ने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement