नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

Advertisement

काठमाडौं । एशिया कप क्रिकेटअन्तर्र्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य लिएको छ । श्रीलंकामा सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको हो ।

भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले आठ चौकाको मद्दतमा ५८ रन बनाएका हु्न् ।

Advertisement

त्यूस्तै दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछानेसँग साझेदारी गरेका सोमपाल कामीले दुई छक्का र एक चौका सहित ४८ रन जोडे । ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमा ३८ रन जोडे भने दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाए । भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल दुई रन मात्रै बनाए । 

Advertisement