सिद्ध बाबालाई जिल्ला अदालतद्धारा पुनः सफाई

Advertisement

काठमाडौं । जिल्ला अदालत सुनसरीले सिद्ध बाबा कृष्णदास (कृष्णबहादुर गिरी)लाई महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा सफाइ दिएको छ । 

न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बुधबार सो मुद्दाबाट दासलाई सफाइ दिएको हो । यसअघि पनि गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।

Advertisement

जिल्ला अदालतको फैसलामाथि उच्चअदालत विराटनगरले सिद्ध बाबालाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको थियो । उच्च अदालतले बदर गरेपछि सो मुद्दा पुन जिल्लामा फर्किएको थियो । 

२०७६ कात्तिक ४ गते राति सिद्ध बाबाले जबरजस्ती करणी गरेको आफूलाई पीडित बताउने महिलाले दाबी गरेकी थिइन् । उनले २०७६ मङ्सिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरी पछि गिरीलाई २०७६ पुस १४ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । 

Advertisement