राशिफलः आज (भदौ २८) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको २८ गते बिहीबार, भाद्र कृष्णपक्षको अमावश्या तिथि । आज कुशेऔँशी रहेको छ । आज बुबाको मुख हेर्ने दिन रहेको छ । आज मोतीराम जयन्ती ।

मेष 
मनमा अधिरता आउने हुँदा बोलीमा पनि छुच्चोपना ल्याउने छ । मनमा दुविधा देखा पर्ने छ । अनावश्यक चिन्ताले सताउने छ । पेशागत जीवनमा भने स्थिरता हुने छ भने आम्दानीमा पनि बृद्धि हुन पुग्ने छ । शिक्षा क्षेत्र, स्टेसनरी, धार्मिक क्षेत्र आदीमा सहभागिहरुलाई अनुकुल रहने छ । 

Advertisement

वृष
आम्दानीका लागि छोटो छोटो यात्रामा निस्कनु पर्ने हुन्छ । चलाख व्यक्तित्व हुने छ । पेशागत जीवन र आम्दानीमा सकारात्मक नतिजा देखा पर्ने छ । पारीवारिक जीवनमा भने कटुताको अवस्था सामना गर्नु पर्ने छ । ठेक्कापट्टा, निर्माण क्षेत्र, हार्डवेयर, रङ्ग आदी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

मिथुन 
जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । दृढ व्यक्तित्व बन्न जाने छ । रिस नियन्त्रण गर्न भने ध्यान दिनु होला । भाग्यको साथ नरहेकाले कार्य अवरोध औसत भन्दा बढि देखा पर्ने छ । शिक्षण, शिक्षा क्षेत्र, बोडिङ्ग तथा कलेज, अध्यापन आदीमा सहभागिहरुलाई सकारात्मक रहेको छ । 

कर्कट
शारीरिक कमजोरीहरुले पनि पिरोल्ने छ । दुविधात्मक सोचाईहरुले गर्दा अन्योल उत्पन्न गराई दिने छ । भाग्यको साथ रहेकाले धेरै हानि भइहाल्ने अवस्था नभएकाले डराई हाल्नु पर्ने समय पनि होइन । पेशागत जीवनमा भने गम्भीर अवरोध र समस्याहरु देखा पर्ने भएकाले उच्च सतर्कतासहित पाइला चाल्नु होला । 

सिंह
मनमा निराशाजनक भावले पिरोल्ने छ । पानी, कोल्ड ड्रिङ्स, पानी, दुग्ध पदार्थ, मदिरा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय धैर्य रहनु पर्ने खालको छ । पेशागत जीवन औसत रहने छ । मनोबलको पनि कमजोरी देखा पर्ने भएकाले संयमित भई पाइला चाल्नु होला । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर, सुरक्षा निकाय, सेक्युरिटि सभिस आदी जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल रहने छ । 

कन्या
आम्दानीका स्रोतहरुमा अवरोधहरु देखा पर्ने हुँदा नियमित भइरहेका कमाईहरुमा बिलम्व वा अवरोधहरु देखा पर्ने छन् । पेशागत जीवनमा समस्याहरु आउने छन् । धैर्य भएर रहनु पर्ने समय सक्रिय रहेको छ । भाग्यको साथ रहेकाले धेरै प्रतिकुलताबाट भने जोगाउने छ । पेशागत जीवन भने सकारात्मक नतिजा देखिने छ । 

तुला
सितल खालको व्यक्तित्व हुने छ । नरमपना सहितको व्यक्तित्व देखा पर्ने भएकाले सबैसँग मिल्न सक्ने स्वाभाव हुने छ । पेशागत जीवनमा अवरोधहरु देखा पर्न जाने छन् । पेशागत कार्यका लागि विदेश जान लागेकाहरुका हकमा भने ढोकाहरु खुल्ने छन् । भाग्यको साथ नरहेको जस्तो अभाष भइ रहने छ ।

वृश्चिक
बौद्धिक क्षेत्र, अध्ययन अध्यापनमा धेरै मन जाने छ । सन्तानबाट सुख पनि प्राप्त हुने छ । तर पेशागत जीवनमा भने समस्याहरु देखा पर्ने समय रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला । ठेक्कापट्टा, राजनीति, प्रशासन, कपडाको व्यापार आदी जस्ता क्षेत्रमा आवद्धहरुलाई समय जोखिमपूर्ण रहेको छ । 

धनु 
परिवारमा द्वन्दको अवस्था निम्तिने छ । खासगरी पैतृक सम्पत्तिको प्रयोगका विषयमा कटुता आउने छ । शारीरिक कमजोरीले सताउने छ भने मनोबलमा पनि भारी गिरावट देखा पर्ने छ । जलविद्युत, होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, बाउन्सर, खेल, सेक्युरिटि क्षेत्रमा संलग्नहरुका लागि समय चुनौतिपूर्ण रहेकाले धैर्यतापूर्वक मात्र कदम चाल्नु होला । 

मकर 
कडा शैलीको व्यक्तित्व हुन पुग्ने छ । रिस पनि धेरै उठ्ने भएकाले यस बारेमा संयमित रहनु होला । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कठिनाईहरुसँग जुध्न तागत प्राप्त हुने छ । पेशागत जीवन औसत अवस्थामा रहने छ ।

कुम्भ 
प्रतिष्पर्धात्मक क्षमतामा कमि आउने छ । बौद्धिकतामा भने बृद्धि हुँदा हुँदै पनि सो अनुसार क्षमता प्रदर्शन गर्ने र प्रतिष्पर्धी बन्ने अवस्था भने देखा पर्दैन । पेशागत जीवनमा समस्याहरु आउने र आरोप प्रत्यारोप खेप्नु पर्ने भएकाले विचार गरेर मात्र पाइला चाल्नु होला । व्यापार व्यवसायमा रहेकाहरुले धेरै जोखिमपूर्ण कदमहरु चाल्ने बेला रहेको छैन् । 

मीन
पेशाप्रति समर्पित हुन मन लाग्दा लाग्दै पनि आफुले खेलेको भूमिकाको समुचित मुल्यांकन नहुँदा मनोबलमा गिरावट आउने छ । भाग्यको साथका कारण आकस्मिक आम्दानी भने प्राप्त हुने छ । मनमा दुविधाहरु एक पछि अर्काे गरि आउने हुँदा निर्णय क्षमताको अभाव हुने छ । व्यापारिक क्षेत्रमा रहेकाहरुले धेरै जोखिमपूर्ण निर्णय नलिँदा उचित हुने देखिन्छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement