निक्षेप तथा कर्जा सुरक्षण कोषद्धारा बार्षिकोत्सवमा क्विज प्रतियोगिता, वाकाथन आयोजना

Advertisement

काठमाडौं । आफ्नो स्थापनाको ४९औं बर्ष प्रवेशको अवसरमा निक्षेप तथा कर्जा सुरक्षण कोषले अन्तर बैंकिङ क्विज प्रतियोगिता सम्पन्न गरेको छ । 

प्रतियोगितामा नबिल बैङ्क, एभरेष्ट बैङ्क, आइसिएफसि फाइनान्स, मेरो माइक्रोफाइनान्स, साँग्रीला बिकास बैङ्क, नेपाल राष्ट्र बैङ्क,  कुमारी बैङ्क, माछापुच्छ्रे बैङ्क, प्रभु बैङ्क, नेपाल एसबिआई बैङ्क र एनआईसि एशिया बैङ्कका प्रतियोगी सहभागी थिए ।

Advertisement

पहिलो चरणमा ११ प्रगियोगीबीच प्रतिस्पर्धा गराई सफल पाँच प्रतियोगीलाई दोस्रो चरणमा लगिएको थियो । तीन चरणमा आयोजना गरिएको क्विज प्रतियोगिता एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र नेपाल राष्ट्र बैंक प्रथम, द्धितीय र तृतीय भए । 

उनीहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले प्रमाणपत्र र मेडल प्रदान गरे । सो अवसरमा उनले यस्ता प्रतियोगिताले सिकाईलाई ताजा बनाउनुका साथै आपसमा परिचयात्मक अवसर प्रदान गर्ने बताए । कार्यक्रममा कोषकी डेपुटी सीईओ उषा पौडेल पनि उपस्थित थिइन् ।

आज शनिबार बिहान कोषले वाकाथन तथा फाइभके रन रन कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा राजश्व सचिव रामप्रसाद घिमिरे र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी भए ।

Advertisement

Advertisement