सिटिजन्स बैंकले घोषणा गर्यो ५.७९ प्रतिशत नगद लाभांश

Advertisement

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले ५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । 

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठले जनाएका छन् ।

Advertisement

बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपियाँ छ । 

सञ्चालका समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement