काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको शनिबार बसेको बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णइ गरेको हो ।
राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।