असी करोड ३२ लाखको बोनस शेयर सूचीकृत, १ अर्ब ६७ करोडको आईपीओ निष्काशनको अनुमति

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को एक महिना अर्थात साउनमा रु. १० अर्ब ४० करोड बराबरको आईपीओ सूचीकृत भएको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा रु.८० करोड ३२ लाख बराबरको बोनस शेयर समेत गरी कुल रु.११ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । 

Advertisement

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१ अर्ब ६७ करोड बराबरको साधारण शेयर सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट बैंकको प्रतिवेदनमा उल्लेख छ । 

Advertisement