छयत्तर हजारले अवलोकन गरे नाडा अटो शो

काठमाडौं । टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ आइतबार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको छ । उक्त १५औं संस्करणको नाडा अटो शो ७६ हजार एकसय दर्शकहरुले अबलोकन गरेका छन् । 

उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका पछिलो मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनीमा थुप्रै नयाँ ब्रान्डका सवारी साधनहरुका कारण भिड लागेको थियो । 

Advertisement

प्रदर्शनीमा चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रालि (विवाइडी) र दुईपाङ्ग्रे सवारी साधनतर्फको उत्कृष्ट स्टल अग्नी मोटोनिक प्रालि (जावा) प्रालिले जितेको छ । 

त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल अवार्ड आयाम इण्टरनेशनल प्रालि (फोर्स मोटर्स) ले जितेको छ । बेष्ट सर्पोटिङ स्टलको बेष्ट अवार्ड पौडेल इण्टरप्राइजेज ( लिक्वीइमोली स्टुडोजले) जितेको   छ । 

उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष डा. ध्रुब थापा, निबर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, पूर्वअध्यक्ष सुनिल खेतान, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पंकज अग्रवाल, जनकी अटोमोवइल एशोसिएसनका निर्वतमान अध्यक्ष तेजनारायण शाह, लम्बिनी अटोमोवइल एशोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले सो प्रदर्शनीमा सहभागी १२० कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गरेका थिए । 

Advertisement