नेपाल राष्ट्र बैंक कर्मचारी संघले फुटसल टुर्नामेन्ट आयोजना गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तर बैंक फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । बुधबारदेखि असोज ६ गतेसम्म चल्ने फुटसल खेल हाँडिगाउँस्थित धनयन्तरी फुटसल हबमा सञ्चालन हुनेछ । 

संघले आफ्नो संगठनको लागि बैंकहरुबाट रकम संकलन गर्न यो खेल आयोजना गर्न लागिएको देखिन्छ । संघले राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, नविल बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्सले प्रयोजन गरिदिने भएका छन् । 

Advertisement

‘सबल संस्थाको लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीको लागि खेलकुद’ नारा दिएर टुर्नामेन्ट गर्न लागिएको हो । 

Advertisement